इंग्लिस प्रिमियर लिगमा फुलहमद्दारा आर्सनल पराजित

 संवाददाता    २०७९, २९ फाल्गुन सोमबार ०७:५१     106 जनाले पढ़िसके



Spread the love

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ।

गएराति भएको खेलमा फुलहमलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल विजयी भएको हो।

जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ। म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ।

गएरातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ। उसको ५० अङ्क छ।

यस्तै, गएराति नै भएका अरु खेलमा वेस्टह्याम र एस्टोन भिल्लाले एक एक गोलको बराबरी खेलेका छन् भने न्यूक्यासलले वुल्भ्स्लाई २–१ गोल अन्तरले हराएको छ।