आइसिसी लिग–२ मा नेपालको खराब ब्याटिङ, ६८ रन बनाउँदा ५ खेलाडी आउट

 #नेपाली क्रीकेट     २०७९, २२ फाल्गुन सोमबार १४:०४     115 जनाले पढ़िसके



Spread the love

काठमाडौं, आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले खराब ब्याटिङ गरेको छ ।

शृङ्खलाअन्तर्गत यूएईसँगको खेलमा नेपालले १७ ओभर १ बलमा ६८ रन बनाउँदा ५ विकेट गुमाएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले १४ रन बनाउँदा पहिलो विकेटको रूपमा आसिफ शेख ६ रन बनाएर आउट भए ।

त्यस्तै ३४ रनमा दोस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भए । ४९ रनमा तेस्रो विकेटका रूपमा कप्तान रोहित पौडेल १ रनमा आउट भए ।

५९ रनमा चौथो विकेटको रूपमा कुशल मल्ल ३२ रन बनाएर आउट भए । त्यस्तै ६८ रनमा पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी ४ रन बनाएर आउट भए ।

अहिले क्रिजमा भीम सार्की र सन्दीप लामिछाने रहेका छन् । यो शृङ्खलामा नेपाल यूएईसँग पहिलो खेलमा पनि पराजित भएको थियो ।