काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
यस सिरिजमा दुवै टोलीको दोस्रो पटक आमने सामने हुँदैछन् । पहिलो खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो ।
नेपाल ३१ खेलमा १४ जित र १५ हारसहित ३० अंक गरी अंक तालिकाको छैटौं स्थानमा छ । यता, युएई भने ३१ खेलमा १४ जित र १४ हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपालका ओपनर कुशल भुर्तेल ग्रोईन इन्जुरीका कारण आजको खेलमा समाबेश गरिएको छैन । उनको स्थानमा प्रतिश जी.सीलाई मौका दिईएको छ।
नेपालको प्लेईङ-११
आसिफ शेख (विकेट किपर),ज्ञानेन्द्र मल्ल,भिम सार्की, दीपेन्द्र सिंह ऐरी,रोहित पौडेल (कप्तान),आरिफ शेख,प्रतिश जी.सी,कुशल मल्ल,करण केसी,सोमपाल कामी र सन्दीप लामिछाने
आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईविरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट भर्खरै गुमाएको छ।
नेपालका लागि ओपनर आसिफ शेखले १४ बल खेलेर ६ रन बनाएर आउट भए। अघिल्लो खेलम पिएनजीविरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताएका शेख आज सुरूवातमै आउट भएका हुन्।