इङ्गलिस प्रिमियर लिग : आर्सनल र सिटी विजयी

 संवाददाता    २०७९, ९ माघ सोमबार ०८:२४     100 जनाले पढ़िसके



Spread the love

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल विजयी भएका छन्।

आइतबार राति भएको खेलमा सिटीले उल्भ्सलाई ३–० गोल अन्तरले हराएको हो। सिटीको जितमा एर्लिङ हालाण्डले ह्याट्रिक गरे। हालाण्डको यो प्रिमियर लिगमा चौंथो ह्याट्रिक हो।

जितसँगै सिटीले २० खेलमा ४५ अंक जोडेको छ। सिटी तालिकाको दोस्रो स्थानमा रहेको छ।

यस्तै गएराति नै भएको खेलमा शीर्ष स्थानको आर्सनलले रोमान्चक जित निकालेको छ। आर्सनलले म्यानचेस्टर युनाईटेडमाथि ३–२ गोलको रोमान्चक जित निकालेको हो। इमिरेट्स स्टेडियममा भएको खेलमा सुरुआती अग्रता युनाईटेडले बनाएको थियो।

खेलको १७ औं मिनेटमा मार्कस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको २४ औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए।

खेलको ५३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए। तर, खेलको ५९ औं मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै युनाईटेडलाई २–२ को बराबरीमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा एनकेटीहले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ३–२ को जित दिलाए। जितसँगै आर्सनलले १९ खेलमा ५० अंक जोडेको छ। आर्सनल शीर्ष स्थानमा यथावत रहेको छ। गएराति नै भएको अर्को खेलमा लिड्स र ब्रेनफोर्डले गोलरहित बराबरी खेले।