४२ सिडिओ र ७ सहायक सिडिओको काज सरुवा (सूचीसहित)

 संवाददाता    २०७९, ७ माघ शनिबार १०:३४     167 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सरकारले एकै पटक ४२ जना प्रमुख जिल्ला अधिकारी र ७ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार सबै सहसचिव र उपसचिवहरूलाई काज सरुवा गरिएको हो । सरुवा हुनेमा सिडिओ, सहायक सिडिओका साथै कारागार प्रशासन तर्फका समेत रहेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ गृह मन्त्रालयमा तानिएका छन् भने सुरेन्द्र पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

भक्तपुरको सिडिओमा सुर्खेतका खगेन्द्रप्रसाद रिजालको सरूवा भएको छ भने भक्तपुरकी रूद्रादेवी शर्मालाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ । जनसंख्या धेरै भएका जिल्लाहरू झापामा शिवराम पोखरेललाई पठाइएको छ भने दाङमा सुशील वैद्य तथा सुनसरीमा काभ्रेकी हुमकला पाण्डेलाई जिम्मेवारी दिइएको छ ।

मोरङको प्रमुख जिल्ला अधिकारीमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सिंहदरबारका महानिर्देशक तीर्थराज भट्टराईलाई पठाइएको छ । मोरङका सिडिओ काशीराज दाहाललाई धनुषा पठाइएको छ ।