रियाद — क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा खेलेको आफ्नो पहिलो खेलमा दुई गोल गरे भने लियोनल मेसी पनि गोल गर्न सफल रहे । त्यसै प्रदर्शनको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबारको मैत्रीपूर्ण खेलमा रियाद अल स्टार्स–११ लाई ५–४ ले हराएको छ ।
साउदी राजधानीमा भएको खेलमा विश्व फुटबलका दुई सर्वकालीन महान खेलाडीले आफ्नो खेल कौशलताले सबैलाई खुसी पारे र सम्भवत: अन्तिम पटक एकआपस विरुद्ध खेले ।
मेसीले गोलको खाता खोलेपछि दोस्रो हाफमा दुई गोल थपे । म्यानचेस्टर युनाइटेड छाडेर अल नासर आएका रोनाल्डोले अब आइतबार इतिफाकविरुद्धको खेलमा डेब्यु गर्दैछन् ।