काठमाडौँ । महान फुटबलर पेलेको ८२ बर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पिडित पेलेको उपचारको क्रममा निधन भएको उनको परिवारले जानकारी दिएको छ । उनको ब्राजिलको साओ पाउलोस्थित अस्पतालमा उपचार भइरहेको थियो ।
पेले विश्वकपको इतिहासमा तीन विश्वकप जित्ने एक मात्र खेलाडी हुन् । उनले ब्राजिलले १९५८, १९६२ र १९७० को विश्वकप जित्दाका महत्वपूर्ण खेलाडी समेत हुन् ।
उनले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । त्यस्तै उनले आफ्नो क्यारियरमा १२ सयभन्दा बढी गोल गरेको बताइन्छ ।
पेलेको निधनमा लियोनेल मेसी, किलीयन एम्बाप्पे जस्ता विश्वका चर्चित खेलाडीहरुले दुख व्यक्त गरेका छन् ।