काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा बुधबार मोरक्कोलाई हराउँदै पहिलो हाफमा साविक विजेता फ्रान्स फाइनल प्रवेश गरेको छ ।
कतारको अल बायत रंगशालामा फ्रान्सले मोरोक्कोलाई २–० ले पराजित गरेको हो ।
फ्रान्स लगातार दोस्रो संस्करणमा फाइल प्रवेश गरेको हो । सन् २०१८ मा फ्रान्सले उपाधि नै उचालेको थियो ।
फ्रान्सले विश्वकपको उपाधिका लागि आइतबार लुसैल रंगशालामा अर्जेन्टिनाविरुद्ध खेल्नेछ । हिजोको सेमिफाइनल खेल बाट अर्जेन्टिना क्रोएसियालाई ३-० ले हराउँदै फाइनल प्रवेश गरिसकेको हो।