विश्वकप फुटबल अन्तर्गत आज अन्तिम क्वाटरफाइनलका खेलमा मोरक्को र पोर्चुगल तथा फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै

 विश्वकप फूटबल २०२२     २०७९, २४ मंसिर शनिबार १२:०९     92 जनाले पढ़िसके



Spread the love
काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ । मोरक्को र पोर्चुगलबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।
यस्तै, अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फ्रान्स र इङ्ल्यान्डबीचको खेल नेपाली समयअनुस राति १२ः४५ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र इङ्ल्यान्ड आज जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।