विश्वकप फुटबल: पेनाल्टी सुटआउटमा क्रोएसियाद्धारा ब्राजिल र अर्जेन्टिनाद्धारा नेदरल्यान्ड्स पराजित

 विश्वकप फूटबल २०२२     २०७९, २४ मंसिर शनिबार ११:५६     88 जनाले पढ़िसके



Spread the love

काठमाडौं : साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो । एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको होयता, शुक्रबार रातिनै भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।