स्कटल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

 #नेपाली क्रीकेट     २०७९, २२ मंसिर बिहीबार १३:४९     100 जनाले पढ़िसके



Spread the love

आइसिसी विश्वकप लिग–२ को एकदिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । नेपाल–स्कटल्याण्डबीचको खेल दिउँसो १ः४५ बजेदेखि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सुरु हुँदैछ ।

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । आज कुशल भुर्तेलको स्थानमा हरिशंकर साहलाई मौका दिइएको छ । सिरिजमा नेपाल पहिलो जित खोजीमा छ । पहिलो खेलमा स्कटल्याण्डसँग वर्षाका कारण अंक बाँडेको नेपालले दोस्रो र तेस्रो खेलमा क्रमशः स्कटल्याण्डसँग ३ विकेट र नामिबियाविरुद्ध ८६ रनको हार बेहोर्‍यो ।​

दबाबमा रहेको नेपालले स्कटल्याण्डविरुद्ध जित निकाल्दै नामिबिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । तर, नेपाललाई नतिजा आफ्नो पक्षमा पार्न सहज छैन । विश्वकप लिग–२ मा स्कटल्याण्ड सर्वाधिक बलियो टोलीको रूपमा देखिएको छ । उसले ३१ म्याच खेल्दा २१ मा जित, आठमा हार र दुई खेलमा अंक बाँडेको छ ।तालिकाको शीर्ष स्थानमा रहेको नामिबियाले ४४ अंक जोडिसकेको छ । हालसम्म २३ म्याच खेलेको नेपालले भने आठ खेलमा मात्र जित निकालेको छ । नेपालले १३ खेलमा हार बेहोर्दा दुई खेलमा अंक बाँडेको छ । छैटौं स्थानमा रहेको नेपालको १८ अंक छ । विश्वकप लिग–२ तालिकाको शीर्ष ५ मा रहन नेपालले अब बाँकी १३ खेलमा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन ।