विश्वकप फुटबलमा आज प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल

 विश्वकप फूटबल २०२२     २०७९, २० मंसिर मंगलवार २०:१२     99 जनाले पढ़िसके



Spread the love

दोहा- कतारमा जारी फिफा विश्वकप २०२२ मा आज मंगलबार दुई खेल आयोजना हुँदैछन् ।

पहिलो खेलमा मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । इजुकेसन सिटी मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि प्रारम्भ हुनेछ ।

राति पौने एक बजे पोर्चुगल र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन् । खेल लुसेल मैदानमा हुने तालिका छ । दुई खेलका विजेता सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् ।

यस खेलसँगै प्रिक्वाटरफाइनलका खेल समाप्त हुनेछन् ।

यसअघि विजयी हुँदै क्रोएसिया, ब्राजिल, नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्याण्ड अन्तिम आठमा प्रवेश गरिसकेका छन् ।