सहज जितसँगै इंग्ल्यान्ड अन्तिम आठमा, पोल्यान्ड विरुद्ध फ्रान्सको पनि सहज जित

 विश्वकप फूटबल २०२२     २०७९, १९ मंसिर सोमबार ०८:५१     86 जनाले पढ़िसके



Spread the love

काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकपमा सेमिफाइनल प्रवेशका लागि साविक विजेता फ्रान्सको सामना गर्ने भएको छ । अन्तिम–१६ को खेलमा आइतबार सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्यान्डले फिफा विश्वकपमा सेमिफाइनल प्रवेशका लागि साविक विजेता फ्रान्ससँगको भेट पक्का गरेको हो ।

कतारको अल बायत रंगशालामा भएको खेलमा सेनेगलविरुद्ध सहज जित निकाल्दा इंग्ल्यान्डका जोर्डन हर्नान्डेज, कप्तान ह्यारी केन र बुकायो साकाले गोल गरे ।

३८औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । जुड बेलिंघमले मिलाएको पासमा हेन्डरसनले गोल गरेका थिए ।

यो असिस्टसँगै बेलिंघम सन् १९६६ पछि विश्वकपमा असिस्ट गर्ने इंग्ल्यान्डका सबैभन्दा कम उमेरका खेलाडी बने । आइतबारको खेलमा असिस्ट गर्दा बेलिंघमको उमेर १९ वर्ष १५८ दिनका थिए ।

पहिलो हाफको इन्जुरी टाइममा केनले गोल गरेपछि हाफसम्म इंग्ल्यान्डले २–० को अग्रता बनाएको थियो । यस्तै, ५७ औं मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३–० को सहज अवस्थामा पूर्याएका थिए ।

जितसँगै इंग्ल्यान्डले क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको छ ।

आइजतबारै भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो ।

इंग्ल्यान्ड समूह ‘बी’ को विजेताको रुपमा र सेनेगल समूह ‘ए’ को उपविजेताको रुपमा अन्तिम–१६ मा आएका थिए ।