अमेरिका विश्वकपबाट बाहिरियो, नेदरल्यान्ड क्वार्टरफाइनलमा

 विश्वकप फूटबल २०२२     २०७९, १८ मंसिर आईतवार ०८:०८     93 जनाले पढ़िसके



Spread the love

संयुक्त राज्य अमेरिका जारी विश्वकपबाट बाहिरिएको छ । नेदरल्याण्ड्सले कतार विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउँदा अमेरिका ३–१ ले पराजित बनेको हो ।

शनिबार राति खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको अन्तिम १६ को खेलमा नेदरल्याड्सले १० औं, पहिलो हाफको इन्जुरी समय र ८१ औं मिनेटमा गोल गर्यो । अमेरिकाले खेलको ७६ औं मिनेटमा एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त भएन ।नेदरल्यान्ड्सका लागि मेफिस डिपाया, डाले बिलान्ड र डेन्जेल डुम्पेरिसले एक–एक गोल गरे । यसैगरी अमेरिकाका लागि हाजी राइटले एक गोल गरे ।

हारसँगै अमेरिका अन्तिम १६ बाटै घर फर्किन बाध्य भएको छ ।