आजबाट विश्वकपका प्रिक्वार्टरफाइनल हुने

 विश्वकप फूटबल २०२२     २०७९, १७ मंसिर शनिबार १७:२३     99 जनाले पढ़िसके



Spread the love

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजबाट प्रि–क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आज बेलुकी पौने ९ बजे हुने पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दैछन् ।

यी दुईबीचको खेल कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेदरल्यान्डस् आजको खेलमा जित निकाल्दै दुवै क्वार्टरफाइनलमा प्रवेश गर्ने प्रयासमा हुनेछन् ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको हो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

आजै, मध्यराति १२ बजेर ४५ मिनेटमा अर्जेन्टिनाले अष्ट्रेलियाको सामना गर्नेछ । लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना यसपटक विश्वकप उपाधिको यात्रा जीवन्त राख्ने उद्देश्यसहित मैदानमा उत्रिनेछ । अष्ट्रेलिया पनि पहिलोपटक क्वार्टरफाइनल पुग्ने लक्ष्यमा हुनेछ ।