: समूह ‘ई’अन्तर्गत बिहीबार राति भएको खेलमा जापानले स्पेनलाई पराजित गरेसँगै जर्मनी लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। अन्तिम खेलमा कोस्टारिकालाई ४-२ गोलको नतिजामा पराजित गरे पनि जर्मनी गोलअन्तरको आधारमा तेस्रो स्थानमा सीमित हुँदा जर्मनी नकआउट चरण पार गर्न असफल रह्यो।यो समूहबाट जापान समूह विजेता र स्पेन उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन्।