अष्ट्रेलियाद्दारा ट्युनिसिया १-० ले पराजित

 विश्वकप फूटबल २०२२     २०७९, १० मंसिर शनिबार १८:२२     85 जनाले पढ़िसके



Spread the love

दोहाः मिचेल ड्युकको एक गोलप्रेरित अस्ट्रेलियाले फिफा विश्वकपको समूह ‘डी’मा शनिबार ट्युनिसियालाई १–० नतिजामा पराजित गरेको छ। अल जानोब रंगशालामा जारी खेलको २३औं मिनेटमा ड्युकले हेडरमार्फत सुन्दर गोल गरेका थिए।

क्र्याग गुडबिनले बायाँतर्फबाट गरेको क्रसमा ड्युकले पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार सोझै गोलमा परिणत भयो। ट्युनिसियन गोलकिपर ऐमेन डामेनले रोक्ने कोसिस गरे पनि उनको प्रयास असफल बन्दा उत्तर अफ्रिकी मुलुकले गोल खायो।

ट्युनिसियाका मोहम्मद ड्रागरले ४१औं मिनेटमा ६ यार्ड बक्सको दायाँ तर्फबाट गरेको सशक्त प्रहार अस्ट्रेलियन सेन्टर ब्याक ह्यारी सोटारले उत्कृष्ट ब्लक गरे।

ट्युनिसियाविरुद्धको गोलसगै ड्युक विश्वकपमा हेडरमार्फत गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। पूर्व कप्तान टिम काहिलले सन् २०१४ को विश्वकपमा सर्बियाविरुद्ध र २०१४ विश्वकपमा चिलीविरुद्ध हेडरमार्फत गोल गरेका थिए।आजको जितसँगै पहिलो खेलमा फ्रान्स ४–१ गोलको नतिजामा पराजित भएको अस्ट्रेलिया समूह चरण पार गर्ने सम्भावना जिवित राखेको छ। पहिलो खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको ट्युनिसियाको पनि नकआउटमा पुग्ने सम्भावना जिवित छ।