विश्वकप फुटबलमा आज चार खेल

 विश्वकप फूटबल २०२२     २०७९, ९ मंसिर शुक्रबार १२:४५     97 जनाले पढ़िसके



Spread the love

दोहा– कतारमा जारी फिफा विश्वकप अन्तर्गत आज बिहीबार समूह ‘जी’ तथा ‘एच’ का चार वटा खेलहरु आयोजना हुँदैछन् ।

आजको पहिलो खेल अपराह्न ३ः४५ बजे स्विट्जरल्यान्ड र क्यानरुनबीच हुनेछ ।

आज साँझ ६ः४५ बजे दक्षिण अमेरिकी टोली उरुग्वे तथा एसियाली मुलुक दक्षिण कोरिया भिड्नेछन् ।

आज राति ९ः४५ बजे पोर्चुगल र घानाले प्रतिस्पर्धा गर्दैछन् भने राति १२ः४५ बजे ब्राजिललाई सर्वियाले चुनौती प्रस्तुत गर्नेछ ।

समूह ‘जी’ मा स्विट्जरल्यान्ड, क्यामरुन, ब्राजिल र सर्विया छन् भने समूह ‘एच’ मा उरुग्वे, दक्षिण कोरिया, पोर्चुगल र घाना छन् ।