जर्मनी स्तब्ध पार्दै जापानको विजयी शुरूवात

 विश्वकप फूटबल २०२२     २०७९, ७ मंसिर बुधबार २१:४३     88 जनाले पढ़िसके



Spread the love

कतार विश्वकपअन्तर्गत समूह ई को पहिलो खेलमा जापानले जर्मनीलाई स्तब्ध बनाएको छ। एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै जापानले महत्वपूर्ण तीन अंक जोड्यो।

गुन्डोगनले ३२औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। ७४औँ मिनेटमा रित्सु डोअनले उत्कृष्ट गोल गर्दै जापानलाई खेलमा फर्काए।

त्यसपछि थप आक्रामक फुटबल खेलेको जापानका लागि असानोले ८२ औँ मिनेटमा पहिलो बारबाट उत्कृष्ट गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाए।

बाँकी समयमा जर्मनीले खेलमा फर्कन गरेको प्रयासमा जापानका डिफेन्डर बाधक बन्दा जर्मनी यो विश्वकपको पहिलो खेल गुमाउन बाध्य भयो।

जारी विश्वकपमा एसियाली मुलुकले अन्तर्राष्ट्रिय फुटबलका बलिया दुई राष्ट्रलाई घर फर्काएका छन्।