फूटबलको कुम्भमेला विश्वकप उद्घाटन, उद्घाटन खेलमा आयोजक कतारलाई हराउँदै इक्वेडरको दुई गोल

 विश्वकप फूटबल २०२२     २०७९, ५ मंसिर सोमबार ०६:३६     112 जनाले पढ़िसके



Spread the love

काठमाडौं– इक्वेडरविरुद्ध विश्वकपको उद्घाटन खेलमा आयोजक कतार २–० गोलले पराजित भएको छ। कतारविरुद्ध दुवै गोल इक्वेडरका कप्तान भ्यालेन्सियाले गरेका थिए। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गरेका थिए भने दोस्रो गोल ३१ औं मिनेटमा हेडिङर्फत् गरेका हुन्। आयोजक भए पनि कतारले कुनै पनि बेला आफ्नो प्रभाव छोड्न सकेन। खेलको अन्त्यतिर कतारका मोन्टारीले गोलको असफल प्रयास गरेका थिए। यसबाहेक इक्वेडरको गोलपोस्टमा कतारले कुनै पनि बेला बलियो प्रहार गर्न सकेन।