विश्वकप टी-२० को उपाधी इंग्ल्याण्डलाई, पाकिस्तान पराजित

 संवाददाता    २०७९, २७ कार्तिक आईतवार १७:३८     88 जनाले पढ़िसके



Spread the love

विश्वकप टी २० २०२२ को उपाधी इंग्ल्याण्डले जितेको छ। आज पाकिस्तानसँग भएको फाइनल खेलमा इंग्ल्याण्डले पाँच विकेटले विजय भएको हो।

टी २० विश्वकप अन्तर्गत आज जारी फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्याण्डलाई १३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर पाकिस्तान ब्याटिङमा उत्रिएको थियो। पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो।

इङ्ग्ल्याण्डले ६ बल बाँकी छँदा नै जित निकालेको हो।