नेपाली क्रिकेट टिमको कप्तानमा रोहित पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकट संघ (क्यान)ले शुक्रबार अबेर उनलाई कप्तान नियुक्त गरेको हो ।
यसअघिका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेपछि नेपाली क्रिकेट टिम कप्तानबिहीन थियो । पौडेल ईपीएल क्रिकेट लिगबाट चर्चामा आएका क्रिकेटर हुन् । उनले अन्डर नाइन्टिन टिमबाट पनि नेपालका लागि खेलेका थिए ।
पछिल्ला केही वर्षदेखि नेपाली टिमका नियमित खेलाडीका रुपमा रहेका रोहितलाई क्यानले कप्तान बनाएको हो । नेपालले अब उनको कप्तानीमा विश्वकप क्रिकेट लिग २ का खेलहरू खेल्नेछ ।