कतार विश्वकपका लागि ब्राजिलको टोली घोषणा

 संवाददाता    २०७९, २२ कार्तिक मंगलवार १०:२७     86 जनाले पढ़िसके



Spread the love

फिफा विश्वकपका लागि ब्राजिलले २६ सदस्यीय टोलीको घोषणा गरेको छ।

पाँच पटकको उपाधि दाबेदार ब्राजिलले लिभरपुलका रोबर्टो फिर्मिनोलाई टोली बाहिर राख्दै टोलीको घोषणा गरेको हो।

ब्राजिलले आक्रमणमा अनुभवी र युवा खेलाडीलाई समेटेको छ। सन् २००२ पछि उपाधि जित्न नसकेको ब्राजिल यो पटक उपाधि जित्ने रणनितिमा छ।

कतार विश्वकपमा ब्राजिल, सर्बिया, स्विटजरल्याण्ड र क्यामरुन रहेको समूह जी मा छ।

ब्राजिलको टोली :
गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेंगो)

डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्हस (पीएसजी), ड्यानिलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिसाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

फरवार्ड : नेयमार (पिएसजी), रिचारलीसन (टोटेनहम हट्सपर), भिनीसियस जुनिअर (रियल म्याड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रिगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), ग्याब्रिएल जेसस (आर्सनल) र ग्याब्रिएल मार्टिनेली (आर्सनल)