भारतद्वारा बंगलादेशलाई १८५ रनको लक्ष्य

 संवाददाता    २०७९, १६ कार्तिक बुधबार १५:४४     96 जनाले पढ़िसके



Spread the love

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई १८५ रनको लक्ष्य दिएको छ । एडिलेड ओभलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनायो ।भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका विराटले ६४ रन बनाए । राहुलले ३२ बल खेल्दै ५० रन बनाए ।भारतका लागि सुर्यकुमार यादवले ३० रन बनाउँदा रवीचन्द्र आश्विनले १३ रन बनाए । बलिङतर्फ बंगलादेशका लागि हसन महम्दले तीन विकेट लिए । त्यस्तै कप्तान सकिब अल हसनले दुई विकेट लिए ।