टोटेनहम च्याम्पियन्स लिगको अन्तिम १६ मा

 संवाददाता    २०७९, १६ कार्तिक बुधबार ०७:५९     89 जनाले पढ़िसके



Spread the love

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब टोटेनहमले समूह ‘डी’ विजेताका रूपमा अन्तिम १६ मा यात्रा तय गरेको छ ।

 

मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले नाटकीय रूपमा अन्तिम समयमा फ्रान्सेली क्लब मार्सेलाई २–१ ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

 

पहिलो हाफको इन्जुरी समयमा चान्सल मेम्बा मंगुलुले गोल गर्दै मार्सेलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा क्लेमेन्ट लेंग्लेटले गोल गर्दै टोटेनहमलाई १–१ को बराबरीमा ल्याए । खेल सकिनै लाग्दा ९०+५ मिनेटमा पिएरे एमिल होजबर्गले गोल गर्दै टोटेनहमलाई नाटकीय जित दिलाए ।