काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हराएको छ । गएराती भएको खेलमा युनाइटेडले टोटनहमलाई २-० गोलले हरायो ।
उसका लागि फ्रेड र ब्रुनो फर्नान्डेजले गोल गरे। जितसँगै युनाइटेड १० खेलमा १९ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । टोटनहम ११ खेलमा २३ अंकसहित तेस्रो स्थानमा छ ।गएराति नै भएका अरु खेलमा चेल्सी ब्रेन्टफोर्डसँग गोलरहित बराबरीमा रोकिएको छ। लिभरपुलले वेस्टह्यामलाई भने १-० गोलले हराएको छ । उसका लागि नुनेजले २२ मिनेटमा गोल गरे । लिभरपुल १० खेलमा १६ अंकसहित सातौँ स्थानमा पुगेको छ ।