नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्स पुरुषतर्फको १५ सय मिटरमा सेनाका मुकेशले जिते स्वर्ण

 संवाददाता    २०७९, २९ आश्विन शनिबार १४:५८     221 जनाले पढ़िसके



Spread the love

काठमाडौं– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशको पोखरामा जारी एथ्लेटिक्सको पुरुषतर्फ १५ सय मिटरमा दौडमा नेपाली सेनाका मुकेश पलले स्वर्ण जितेका छन् ।

पोखरा रंगशाला ट्रयाकमा शनिबार भएको दौडमा मुकेशले विभागीय प्रतिद्वन्द्वी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन्। मुकेशले निर्धारित दूरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे।

रजत पदक विजेता एपीएफका अजितले ३ मिनेट ५३.११ सेकेन्डमा निर्धारित दूरी पूरा गरे। नेपाल प्रहरीका नागेश्वर अघरीले ३ मिनेट ५६.५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य जिते। यसअघि महिलातर्फको १ सय मिटरमा एपीएफ क्लबकी फूलमती रानाले स्वर्ण जितिन्।