थ्री बाइ थ्री बास्केटबलमा बागमती र आर्मी विजयी

 संवाददाता    २०७९, २९ आश्विन शनिबार १४:५०     95 जनाले पढ़िसके



Spread the love

पोखरा- थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मी र बागमती प्रदेशले जित हासिल गरेका छन्।

शनिबार बिहान भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १४–७ अंकले पराजित गरेको हो।आर्मीको जितमा जेनिसा श्रेष्ठले ८ अंक जोडेकी थिइन्।

यस्तै, वाग्मती प्रदेशले मधेस प्रदेशलाई फराकिलो अन्तरसहित जित हासिल गरेको छ।खेलमा बागमतीले मधेस प्रदेशलाई १४–२ अंकले पराजित गरेको हो। बागमती प्रदेशको जितमा आस्था चौधरीले ८ अंक जोडेकी थिइन्।