नवौं राष्ट्रिय खेलकुद : १०० मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान, पार्कीलाई स्वर्ण

 संवाददाता    २०७९, २९ आश्विन शनिबार १४:४६     241 जनाले पढ़िसके



Spread the love

 

पोखरा– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सकी निशा चौधरीको राष्ट्रिय कीर्तिमान बनाएकी छन्। पोखरा रंगशालामा शनिबार बिहान सम्पन्न एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

बिहान सम्पन्न दौडको हिट चरणमा उनले कीर्तिमान बनाएकी हुन्। यसअघि देवीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो। चौधरीले १२.१५ सेकेन्डमा पूरा गदै नयाँ कीर्तिमान कायम गरिन्। आठौं सागमा इलेक्ट्रिकल टाइम हो भने हालको समय ह्यान्ड टाइम हो।

एथ्लेटिक्सअन्तर्गतकै पुरुषको १०० मिटर दौडमा एपीएफका शिवराज पार्कीले स्वर्ण जितेका छन्। उनले आर्मी क्लबका युवराज विकलाई पछि पार्दै स्वर्ण जितेका हुन्। त्यस्तै, कास्य जित्नेमा आर्मीकै डिल्ली भण्डारी रहे।

१०० मिटर पार्कीले १० दशमलव ५६ सेकेन्डमा पूरा गर्दा विकले १० दशमलव ५८ सेकेन्डमा पूरा गरे। त्यस्तै, भण्डारीले १० दशमलव ७० सेकेन्डमा दौड पूरा गरेका थिए।

शनिबार भएको महिलातर्फको १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छन्। १५ समय मिटर पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जितेका छन्।