नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज उपराष्ट्रपतिले गर्ने

 संवाददाता    २०७९, २८ आश्विन शुक्रबार ०७:५३     95 जनाले पढ़िसके



Spread the love

गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबार औपचारिक रूपमा सुरु हुँदैछ।

प्रतियोगिताको आज पोखरा रंगशालामा विशेष समारोहका विच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै छन् । अपराह्न ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटन गर्ने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले उद्घाटन गर्न लागेका हुन् । उद्घाटन समारोहमा ओलम्पियन टिकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्ने छन् ।

यससँगै मार्चपास, झाँकी प्रदर्शन, गीत, नाचगान लगायतको कार्यक्रम छ। प्रतियोगिताका अधिकांश खेल पोखरा रंगशालामा हुनेछ । प्रतियोगितामा ११ टिमका ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ४०४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस पटक विभागिय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरी ११ टिमका खेलाडीले सहभागिता जनाउँदै छन् । यस पटक ३६ खेलका ४०४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ । केही खेल सुरु भइसकेको छ ।