लालीगुराँस सास्कृतिक युवा क्लव र हरिवन युथ क्लबको सयुक्त आयोजनामा हरिवन न.पा वडा न:९ स्थित दनुवारी खेलमैदानमा मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिता-२०७९आयोजना हुने जानकारी लालिगुँरास क्लबका अध्यक्ष रोशन दाहालले बताए।
उक्त प्रतियोगिता २०७९ कार्तिक २ गतेबाट सुरु हुने उनले बताए। मधेश प्रदेशका अन्य जिल्ला बाट एक एक वटा टिम तथा सर्लाही बाट आयोजकको रुपमा २ वटा टीम सहभागी हुने उनले बताए।उक्त खेलमा प्रथम पुरस्कार १,५०,००० र द्दितिय पुरस्कार ७५००० रहने उनले जानकारी दिए। साथै सम्पुर्णमा खेल प्रतियोगिता भव्य बनाउन तथा फूटबल प्रतियोगिता अवलोकन गर्न आयोजक समितिले आव्हान गरेको छ।