रियलको लगातार जित यात्रा रोकियो

 संवाददाता    २०७९, १७ आश्विन सोमबार ०८:४९     105 जनाले पढ़िसके



Spread the love

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडको लगातार जित यात्राको अन्त भएको छ। आइतबार राति भएको खेलमा रियल ओसासुनासँग १–१ गोलको बराबरीमा रोकिएसँगै लिगमा पहिलो बराबरीको सिकार भयो।

जित उन्मुख रियलका लागि अन्तिम समयमा करिम बेन्जामाले पेनाल्टी मिस गर्दा संभावित अग्रताबाट रियल चुकेको थियो। रियलको घरेलु मैदानमा ओसासुना दोस्रो हाफमा १० खेलाडीमा समेटिएपनि रियलसँग अंक खोस्न सफल भयो।

अल्बाको पासमा भिनिसियस जुनियरले ४२ औँ मिनेटमा गोल गर्दै सुरूवाति अग्रता दिलाएका थिए। तर किके गार्सियाले ५० औँ मिनेटमा बराबरी गोल गर्दै घरेलु टोलीमाथि दबाब बढाएका थिए।

७८ औँ मिनेटमा डेभिड गार्सियाले करिम बेन्जामालाई फल गर्दा भिएआरको सहयोगमा उनलाई रातो कार्ड दिँदै रियललाई पेनाल्टीको मौका दिएको थियो।

तर बेन्जमाले गोल गर्न असफल हुँदा लगातार जितको श्रृंखला कायम राख्ने मौकाबाट रियल चुकेको थियो। खेलपछि बार्सिलोना समान १९ अंक भएपनि रियल गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा रहन पुग्यो।