सन्दिपले भने,म अक्टोबर ६ मा नेपाल आइपुग्छु

 संवाददाता    २०७९, १५ आश्विन शनिबार १२:३७     101 जनाले पढ़िसके



Spread the love

नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जाल मार्फत लामिछानेले आफू अक्टोबर ६ मा नेपाल आइपुग्ने र आफूमाथि लागेको झूटा आरोप विरुद्ध कानुनी लडाई लड्ने बताएका छन्।

उनले आफू निर्दोष भएको बताउँदै चाँडै न्याए पाउने विश्वास व्यक्त गरेका छन्। उनले आफूमाथिको षडयन्त्रको समसँगै पर्दाफास हुने दाबी पनि गरेका छन्।

केही समय सम्पर्कविहीन भएका लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए।

सन्दीपमाथि एक नाबालिकामाथि जबरजस्तीकरणी गरेको आरोप लागेको छ।