छैटौं टी-२० मा इंग्ल्याण्ड विजयी

 संवाददाता    २०७९, १५ आश्विन शनिबार ०८:०५     89 जनाले पढ़िसके



Spread the love

घरेलु टाेली पाकिस्तानविरुद्धको टी-२० सिरिजअन्तर्गत छैटौं खेलमा इंग्ल्याण्ड विजयी भएकाे छ । ऊ गएरातिकाे खेलमा ८ विकेटले विजयी भएकाे हाे ।

इंग्ल्याण्डकाे याे जितसँगै ७ खेलकाे सिरिजमा ३-३ बराबरी भएकाे छ । यसअघि इंग्ल्याण्डले ६ विकेट, ६३ रन तथा पाकिस्तानले १० विकेट, ३ र ६ रनकाे जित हात पारेका थिए ।

१७० रनको लक्ष्य इंग्ल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाएर भेट्टायाे । इंग्ल्याण्डका लागि फिल साल्टले अविजित ८८ रनको उत्कृष्ट पारी खेले । उनले ४१ बलमा १३ चाैका र ३ छक्का प्रहार गरे । बेन डुकेटले अविजित २६, एलेक्स हेल्स २७ र डेविड मालनले २६ रन बनाए । पाकिस्तानका लागि दुवै विकेट शादब खानले लिए । त्यसअघि लाहाेरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन जोडेको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले अविजित ८७ रनको उत्कृष्ट पारी खेले । ५९ बलकाे सामना गरेका उनले ७ चाैका र ३ छक्का प्रहार गरे । इफ्तिखर अहमदले ३१, हैदर अलीले १८ र माेहम्मद रिजवानले १२ रन जाेडे ।

इंग्ल्याण्डका लागि डेविड विली र साम करनले २/२ तथा रिचर्ड ग्लेसनल र रिस टाेप्लीले १/१ विकेट लिए । सिरिजकाे साताै तथा अन्तिम खेल आइतबार हुनेछ ।