युइएफए लिगमा इटाली र हंगेरीको जित, जर्मनी पराजित

 संवाददाता    २०७९, ८ आश्विन शनिबार ०९:२४     84 जनाले पढ़िसके



Spread the love

काठमाडौं -​ हंगेरीसँग १–० ले स्तब्ध हुँदा जर्मनी युइएफए नेसन्स लिगमा पहिलो हार बेहोर्न पुगेको छ । शुक्रबार राति हंगेरीका एडाम सज्लाईले १७औं मिनेटमा निर्णायक गोल गरे । जर्मनी१३ खेलमा आएर पराजित भएको हो ।

हारसँगै जर्मनी नेसन्स लिग ए ग्रुप ३ मा ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । हंगेरी १० अंक जोडेर शीर्षस्थानमा छ ।समूहको अर्को खेलमा इटालीले इंग्ल्यान्डलाई १-० अन्तरले पराजित गर्यो । इटालीको जितमा ६८औं मिनेटमा जियाकोमो रस्पाडोरीले निर्णायक गोल गरे ।इटाली ८ अंक जोडेर दोस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ ।