महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतमाथि नेपालले ऐतिहासिक जित हात पारेको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतमाथि १–० को जित हात पारेको हो ।
खेलको पहिलो हाफमा नेपालले १-० गोलको अग्रता लिएको थियो ।
नेपालका लागि पहिलो हाफमा रश्मि कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।