महिला साफ च्याम्पियनसीपमा आज सेमिफाइनलका दुई खेल, पहिलो खेल नेपाल र भारत बिच

 संवाददाता    २०७९, ३१ भाद्र शुक्रबार ०७:३०     103 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — साफ महिला च्याम्पियनसिप २०२२ को फाइनल प्रवेश गर्ने होडमा नेपालले शुक्रबार परम्परागत प्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । अर्को सेमिफाइनलमा बंगलादेश र भुटान शुक्रबार नै भिड्दैछन् ।

साफका पाँचै संस्करणमा च्याम्पियन भएको भारतलाई समूह चरणमा बंगलादेशले ३–० ले हराएको थियो । त्यसले भारतको अपराजित यात्रा २५ खेलमा टुंग्याइदियो । त्यसैले आयोजक नेपालले सेमिफाइनलमै भारतलाई प्रतिद्वन्द्वी पाएको हो । समूह ‘ए’ मा तीनै खल जितेर बंगलादेश पहिलो र दुई खेल जितेको भारत दोस्रोमा रहेका थिए । समूह ‘बी’ मा नेपाल पहिलो र भुटान दोस्रोमा रहे ।

साफमा नेपाल चारपल्टको उपविजेता हो । सन् २०१६ को संस्करणको सेमिफाइनलमा नेपाललाई भारतले ३–१ ले हराएको थियो । त्यतिबेला पनि नेपाली टिम प्रशिक्षक कुमार थापाले सम्हालेका थिए । उनी ६ वर्षपछि महिला टिम सम्हाल्न आइपुग्दा पनि फाइनलअघि नै नेपालको भेट भारतसँग भएको छ । नेपाली टिमलाई दशरथ रंगशालामा केही सिनियर खेलाडीविना आइपुगेको भारतमाथि ऐतिहासिक जित रच्ने अवसर छ ।