पपुवान्यूगिनि सँग अमेरिकाको हारसँगै नेपाललाई फाइदा

 संवाददाता    २०७९, २८ भाद्र मंगलवार १४:३५     161 जनाले पढ़िसके



Spread the love

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली पपुवा न्युगिनीले अमेरिकालाई २६ रनले पराजित गरेको छ । पहिलो खेलमा यी दुई देशबीचको खेल टाई भएको थियो । तर दोस्रो खेलमा अमेरिकाको हारसँगै अंक तालिकामा भने नेपाललाई फाइदा पुग्नेछ ।

जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिका ४७.२ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । अमेरिकाका ओपनर सैतेजा मुक्कामल्लाले ८१ बलमा ४ चौकासहित सर्वाधिक ४६ रन बनाए ।

स्टिभ टेलर २५, कप्तान मोनांक पटेल ३५, आरोन जोन्स २४ गजानन्द सिंह ३४ रनमा आउट भए । जस्करण महल्होत्रा र नसिर्ग पटेलले खाता खोल्न सकेनन् । अमेरिका एक समय ३३.४ ओभरमा १४९–४ को बलियो अवस्थामा रहेपनि त्यसपछि लगातार विकेट गुमाएको थियो ।

पपुवा न्युगिनीका कप्तान चाल्र्स अमिनीले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । असाद भालाले ६.२ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । नर्भन भानुआ, चाद सोपार, दामिनी राभू र सिमो किमाले एक एक विकेट लिए ।

त्यसअघि अमिनी पार्कमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । असाद भालाले ८९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । ओपनर लेगा सियाकाले ३१ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए ।

हिरी हिरी १८, चाल्र्स अमिनी १५, सेसे बाउ १६ र चाद सोपार २१ रनमा आउट भए । अमेरिका स्टिभ टेलरले सर्वाधिक तीन विकेट लिए । क्यामरन स्टिभनसनले दुई विकेट लिए ।

अमेरिका ३० खेलमा १३ मा जित र १४ मा हार सहित २९ अंक जोड्दै तेस्रो स्थानमा छ । पपुवा न्युगिनी २२ खेलमा २ मा जित र १९ मा हारका साथ ५ अंक जोड्दै बाहिरिएको छ । पपुवा न्युगिनी शीर्ष तीन दौडबाट बाहिरी सकेको छ । यो अवस्थामा उसले अन्य टोलीलाई हराउँदा त्यसको फाइदा भने नेपाललाई हुनेछ । नेपालले बाँकी सबै खेल जित्दा र शीर्ष टोलीले अन्यसँग हार्दा अंक तालिकामा धेरै फाइदा हुनेछ ।

पपुवा न्युगिनी, नेपाल र युएईबीच त्रिकोणात्मक सिरिज हुनेछ । एउटा सिरिज नेपाल र अर्को पपुवा न्युगिनीमा हुनेछ । नेपालले अव नोभेम्बरमा स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज खेल्नेछ । जुन सिरिज नामिबियामा हुनेछ ।