एसिया कपमा भारतको लगातार दोस्रो हार, श्रीलंकाको रोमान्चक जित

 संवाददाता    २०७९, २२ भाद्र बुधबार १०:५२     106 जनाले पढ़िसके



Spread the love

युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर चारको खेलमा श्रीलंकाले भारतलाई पराजित गरेको छ।दुबईमा मंगलवार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ७४ रनको लक्ष्य श्रीलंकाले १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो ।

उसका लागि कुशल मेन्डिस र पथुम निशंकाले अर्धशतक बनाए। मेन्डिसले ५७ तथा निशंकाले ५२ रन बनाए।

कप्तान दसुन शनकाले ३३ तथा भानुका राजपाक्षले २५ रन बनाए।

भारतका लागि युजभेन्द्र चाहलले ३ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।

उसका लागि कप्तान रोहित शर्माले ७२ रनको अर्धशतकीय ईनिङ खेले । ४१ बलमा ४ छक्का र ५ चौकाको मद्दतमा उनले ७२ रन बनाए ।

सुर्यकुमार यादवले २९ बलमा ३४ रन तथा हार्दिक पाण्ड्या र ऋषभ पन्तले १७/१७ रन बनाए ।

श्रीलंकाका लागि दिलशान मधुशंकाले ३ तथा चामिका करुनारत्ने र दासुन शनकाले समान २/२ विकेट लिए ।

सुपर चारमा श्रीलंकाको यो लगातार दोस्रो जित हो । भारतको भने लगातार दोस्रो हार हो ।

बुधवार हुने पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पाकिस्तान विजयी भएमा भारतको फाईनल पुग्ने सम्भावना समाप्त हुनेछ।