महिला साफ च्याम्पियनसिपमा नेपालकाे विजयी सुरूवात

 संवाददाता    २०७९, २१ भाद्र मंगलवार २०:५०     93 जनाले पढ़िसके



Spread the love

आजबाट सुरू भएकाे महिला साफ च्याम्पियनसिपमा घरेलु टाेली नेपालले विजयी सुरूवात गरेकाे छ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे उद्घाटन खेलमा भुटानलाई ४-० ले हराउँदै विजयी सुरूवात गरेकाे हाे ।

समूह `बी´ अन्तर्गतकाे खेलमा नेपाललाई जित दिलाउन सावित्रा भण्डारी र अनिता बस्नेतले समान २ गाेल गरे ।​ खेलकाे १२ औं मिनेटमा सावित्रा भण्डारीले गाेल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ६८ औं मिनेटमा उनैले टाेलीकाे अग्रता दाेब्बर बनाइन ।

७३ र ८४ औं मिनेटमा अनिताले गाेल गर्दै नेपाललाई ४-० काे सहज जित दिलाइन् । यही खेलमार्फत तीन खेलाडी नेपाली सिनियर महिला टाेलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।फरवार्ड अमिषा कार्की र मिडफिल्डर दीपा शाहीले सुरूवाती ११ मै रहेर तथा डिफेन्डर समिक्षा घिमिरेले ७४ औं मिनेटमा हीराकुमारी भुजेलकाे स्थानमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् ।याे जितसँगै नेपालले ३ अंक जाेड्दा भुटानले हारबाट प्रतियाेगिताकाे सुरूवात गरेकाे छ । अब आफ्नो दोस्रो खेलमा भुटानले शुक्रबार तथा नेपालले साेमबार श्रीलंकाकाे सामना गर्नेछन ।