प्रिमियर लिगमा लेस्टरविरुद्व ब्राइटनको सहज जित

 संवाददाता    २०७९, १९ भाद्र आईतवार २१:३७     88 जनाले पढ़िसके



Spread the love

इंग्लिस प्रिमिय लिगअन्तर्गत आज सम्पन्न खेलमा ब्राइटनले सहज जित निकालेको छ । उसले घरेलु मैदान फाल्मेर स्टेडियममा लेस्टर सिटीविरुद्व ५–२ को सहज जित निकालेको हो ।

खेलको सुरूवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको पहिलो मिनेटमै केलेची इहेनाचोले लेस्टरलाई सुरूवाती अग्रता दिलाए ।

१०औँ मिनेटमा लुक थोमसले आत्मधाती गोल गरेपछि ब्राइटन १–१ को बराबरीमा आयो । १५औँ मिनेटमा मोइजे काइसेडोले घरेलु टोलीलाई २–१ को अग्रता दिलाए ।३३औँ मिनेटमा प्याटसन डाकाले लेस्टरलाई २–२ को बराबरीमा ल्याए । ६४औँ मिनेटमा लिआन्ड्रो ट्रोसार्डले ब्राइटनलाई ३–२ ले अघि बढाए।

७१औँ मिनेट र थप गरिएको समयमा म्याक एलिस्टरले गोल गरेपछि घरेलु टोलीले ५–२ को सहज जित निकाल्यो ।

जितसँगै ६ खेलमा १३ अंक जोडेको ब्राइटन चौथो स्थानमा उक्लिँदा पराजित लेस्टर समान खेलबाट १ अंकका साथ पुछारमा छ।