केन्यासँगको दोस्रो एकदिवसीय क्रिकेटमा रोहितकुमार पौडेलले कप्तानी इनिङ खेलेपछि नेपालले सम्मानजनक स्कोर बनाएको छ।
पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओरभमा सबै विकेट २३० रन बनाएको छ। जसमा पौडेलको ७८ रन प्रहार गरेका छन्।
त्यस्तै, देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए।
तीन खेलको एकदिवसीय श्रृङ्खलामा पहिलो खेल नेपालले जितिसकेको छ। आज खेलमा जितेमा नेपालले श्रृङ्खला जित्नेछ।
यसअघि टी-२० श्रृङ्खला पनि नेपालले जितेको थियो। पाँच खेलको टी-२० श्रृङ्खला नेपालले ३-२ ले जितेको हो।