केन्याविरुद्ध नेपालको विजयी शुरुवात

 #नेपाली क्रीकेट     २०७९, १० भाद्र शुक्रबार ०८:१६     109 जनाले पढ़िसके



Spread the love

काठमाडौ । केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले विजयी शुरुवात गरेको छ । टी-२० सिरिजको पहिलो खेलमा आज नेपालले केन्यालाई ५ विकेटले पराजति गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।

केन्याले दिएको १३१ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३३ रन बनाए भने आसिफ सेखले १९ तथा ज्ञानेन्द्र मल्लले २३ रन बनाएका थिए । त्यस्तै आरिफ सेखले अविजित २४ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाउदै १३० रन बनाएको थियो ।

केन्याविरुद्ध सोमपाल कामिले सर्बाधिक ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले २ तथा आदील अन्सारी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।

अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।