टस जितेर ब्याटिङको निम्तो दियो नेपालले केन्यालाई

 #नेपाली क्रीकेट     २०७९, ९ भाद्र बिहीबार १६:२६     114 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – केन्या भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो खेलमा टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। नैरबीस्थित जिमखान क्लब ग्राउन्डमा घरेलु टोलीविरुद्ध नेपालले अब पहिले बलिङ गर्नेछ।

नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङको निर्णय गरेका थिए। करिब १० वर्षपछि नेपालले केन्याविरुद्ध टी−२० सिरिज खेल्न लागेको हो। यद्यपि, नेपाल विश्व टी−२० आई वरियतामा १४ औं र केन्या ३० औं स्थानमा रहेको छ।

पाँच खेलको सिरिजअन्तर्गत दोस्रो टी-२० भदौ १०, तेस्रो टी-२० भदौ १२ र चौथो टी-२० भदौ १३ मा हुनेछ। पाँचौ तथा अन्तिम टी-२० भदौ १४ मा हुनेछ। टी-ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्ने छ। पहिलो एकदिवसीय खेल भदौ १७ गते हुँदा दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ।

आजको खेलमा नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी रहेका छन्। फोटो : फाइल