इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा टाेटेनहम हटस्पर विजयी भएकाे छ ।
ऊ घरेलु मैदान टाेटेनहम हटस्पर स्टेडियममा उल्भ्सविरुद्ध १-० ले विजयी भएकाे हाे ।
खेलकाे ६४ औं मिनेटमा ह्यारी केनले गरेकाे एक मात्र गाेल टाेटेनहमलाई जित दिलाउन पर्याप्त बन्याे । केनले इभान पेरिसीचकाे पासलाई सदुपयाेग गरेका थिए ।जितसँगै शीर्ष स्थानमा उक्लिएकाे टाेटेनहमले तीन खेलमा सात अंक जाेड्दा पराजित उल्भ्स समान खेलबाट एक अंकका साथ १६ औं स्थानमा छ ।