क्रिकेट प्रशिक्षक प्रभाकर नेपाल आइपुगे

 #नेपाली क्रीकेट     २०७९, २९ श्रावण आईतवार ०९:४७     109 जनाले पढ़िसके



Spread the love

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक मनोज प्रभाकर काठमाडौँ आइपुगेका छन्। भारतीय टिमका पूर्व खेलाडीसमेत रहेका प्रभाकर शनिवार साँझ काठमाडौँ आइपुगेका हुन्।मुख्य प्रशिक्षक पुबुदु दशनायकेले राजीनामा दिएपछि नेपाल क्रिकेट सङ्घले उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो। म्याच फिक्सिङमा दोषी ठहरिएर पाँच वर्ष प्रतिबन्धमा परेका उनी पछिल्लो समय प्रशिक्षणमा सक्रिय थिए।

नेपाल भदौ पहिलो साता पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा जाँदैछ। प्रभाकरको पहिलो प्रशिक्षण यही प्रतियोगिताका लागि हुनेछ।