एन्फा मानार्थ अध्यक्षमा श्रेष्ठ, प्रवक्तामा शाह र सल्लाहकारमा पाण्डे चयन

 संवाददाता    २०७९, २७ श्रावण शुक्रबार ११:३४     113 जनाले पढ़िसके



Spread the love

अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ चयन भएका छन्।

एन्फाको दोस्रो कार्यसमिति बैठकले मानार्थ अध्यक्षमा श्रेष्ठ र मानार्थ उपाध्यक्षमा किशोर राईलाई चयन गरेको महासचिव किरण राईले जानकारी दिए। उनीहरू दुबैको नाम आगामी साधारण सभाले अनुमोदन गर्नुपर्ने छ।

बैठकले एन्फा प्रवक्तामा सुरेश शाह र पंकजविक्रम नेम्वाङको प्रमुख सल्लाहकारमा नविन पाण्डेलाई चयन गरेको छ।
यसअघि एन्फा अन्तर्राष्ट्रिय विभाग प्रमुख रहेका पाण्डेलाई अध्यक्षको प्रमुख सल्लाहकारको जिम्मेवारी दिइएको महासचिव राईले जानकारी दिए। महासचिव राईले भनेका छन्, “एन्फाका अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेको जिम्मेवारी हेरफेर गरी एन्फा अध्यक्षज्यूको प्रमुख सल्लाहकार नियुक्त गर्ने निर्णय पारित गरियो।”