केन्यासँग खेल्न नेपाली टिम घोषणा, यस्तो छ खेल तालिका

 #नेपाली क्रीकेट     २०७९, २४ श्रावण मंगलवार १९:०७     117 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँग हुने टी-२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको छ। क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टोलीमा पुनरागमन गरेका छन्।

त्यस्तै विनोद भण्डारी र कुशल भुर्तेल टोलीमा पर्न सकेनन्। युवा विकेटकिपर अर्जुन साउद भने पहिलो पटक टोलीमा परेका छन्।

टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमेद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहेका छन्। त्यस्तै वैकल्पिक खेलाडीको रुपमा जितेन्द्र मुखिया, भिम सार्की, प्रतिष जिसी र हरिशंकर शाह रहेका छन्।

नेपालले भदौ ९ गतेदेखि २० गतेसम्म केन्याको भ्रमण गर्दैछ। नेपालले नेपालले केन्यासँग ५ टी-२० र ३ एकदिवसीय सिरिज खेल्नेछ। टी-२० अन्तर्गत नेपालले पहिलो खेलमा अगस्ट २५ खेल्नेछ। दोस्रो २६, तेस्रो २८, चौथो २९ र पाँचौं ३० तारिखमा खेल्नेछ।

त्यस्तै एक दिवसीयअन्तर्गत पहिलो खेलमा सेप्टेम्बर २, दोस्रो ३ र तेस्रो ५ तारिखमा खेल्नेछ। फोटो : फाइल