पिएसजीले जित्याे फ्रेन्च सुपर कपको उपाधी

 संवाददाता    २०७९, १६ श्रावण सोमबार १०:०५     137 जनाले पढ़िसके



Spread the love

एजेन्सी- स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र सर्जियो रामोसको गोलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कप (ट्रफी डेस च्याम्पियन) को उपाधि जितेको छ।

आइतबार राति इजरायलमा भएको खेलमा पिएसजीले नान्टेसलाई ४-० अन्तरले पराजित गर्‍याे।

पिएसजीलाई उपाधि जिताउन ब्राजिली फरवार्ड नेयमारले दुई तथा अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र स्पेनिस डिफेन्डर सर्जियो रामोसले एक-एक गोल गरे।

खेलकाे २२ औँ मिनेटमा मेसीले गाेल गरी पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गर्दै नेयमारले अग्रता दाेब्बर पारे। ५७ औँ मिनेटमा रामाेसले गाेल गर्दै पिएसजीलाई ३-० ले अगाडि बढाए। ८२ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गर्दै नेयमारले पिएसजीलाई सानदार जित दिलाए।

यससँगै फ्रेन्च लिग वान विजेता पिएसजीले सर्वाधिक ११ पटक सुपर कपको उपाधि जितेको छ।