नेपालद्दारा श्रीलंकामाथि सानदार जित, यो सङ्गै नेपालको यु -२० साफ प्रतियोगितामा लगातार दोस्रो जीत

 संवाददाता    २०७९, ११ श्रावण बुधबार २३:०३     115 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो ।

नेपालका लागि कप्तान आयुष घलानले ५८ औं मिनेटमा रिबाउन्डमा पहिलो गोल गरे । कृतिषरत्न छुन्जुले ६५ औं मिनेटमा दोस्रो गोल गरे । पेनाल्टी एरिया बाहिरबाट उनले आकर्षक गोल गरेका हुन् ।

मनग्य नकर्मीले ८४ औं मिनेटमा नजिकको दूरीबाट तेस्रो गोल थपे । यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ र राउन्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगिताको शीर्ष स्थानमा छ । समान ६ अंकमा बंगलादेश दोस्रो स्थानमा छ । यसअघि दिनको पहिलो खेलमा बंगलादेशले भारतलाई २–१ ले हरायो । बंगलादेशका लागि मोहमद नोभाले दुई गोल गरे । भारतका लागि गुर्किरात सिंहले एक गोल फर्काए ।